Door43-Catalog_ne_tn/1co/09/03.md

3.4 KiB

मेरो ... मेरो जवाफ यही छः के

सम्‍भावित अर्थहरू हुन् १) यसपछि आउने शब्‍दहरूले पावलको बचाउ गर्छन् वा २) १ कोरिन्‍थी ९:१-२ मा भएका शब्‍दहरू पावलका बचाउ हुन् । वैकल्पिक अनुवादः “मेरो ... मेरो जवाफ यही छः के ... ।”

के हामीलाई खाने र पिउने अधिकार छैन ?

पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्‍छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामीसँग मण्डलीहरूबाट खाने र पिउने कुरा लिने पूर्ण अधिकार छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

हामी

यहाँ “हामी”ले पावल र बारनाबासलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive).

के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले गरेजस्तै हामीले पनि आफूसँग एउटा विश्‍वासी पत्‍नी लिएर हिँड्ने अधिकार छैन ?

पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्‍छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यदि हामीसँग विश्‍वासी पत्‍नी छन् भने, अरू प्रेरितहरू र प्रभुका भाइ, र केफासलाई जस्तै हामीलाई पनि उनीहरूलाई लिएर हिँड्ने अधिकार छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अथवा के बारनाबास र मैले मात्र काम गर्नु पर्छ ?

पावलले कोरिन्थीहरूलाई शर्ममा पार्न खोज्‍दै छन् । वैकल्‍पिक अनुवादः “पैसा कमाउनका लागि काम गर्न जरुरी मानिसहरू बारनाबास र म मात्रै हौँ भनी तिमीहरूले सोच्छौ जस्तो छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अनुवादका शब्‍दहरू