# मेरो ... मेरो जवाफ यही छः के सम्‍भावित अर्थहरू हुन् १) यसपछि आउने शब्‍दहरूले पावलको बचाउ गर्छन् वा २) [१ कोरिन्‍थी ९:१-२](./01.md) मा भएका शब्‍दहरू पावलका बचाउ हुन् । वैकल्पिक अनुवादः “मेरो ... मेरो जवाफ यही छः के ... ।” # के हामीलाई खाने र पिउने अधिकार छैन ? पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्‍छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामीसँग मण्डलीहरूबाट खाने र पिउने कुरा लिने पूर्ण अधिकार छ ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]]) # हामी यहाँ “हामी”ले पावल र बारनाबासलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-exclusive]]). # के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले गरेजस्तै हामीले पनि आफूसँग एउटा विश्‍वासी पत्‍नी लिएर हिँड्ने अधिकार छैन ? पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्‍छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यदि हामीसँग विश्‍वासी पत्‍नी छन् भने, अरू प्रेरितहरू र प्रभुका भाइ, र केफासलाई जस्तै हामीलाई पनि उनीहरूलाई लिएर हिँड्ने अधिकार छ ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]]) # अथवा के बारनाबास र मैले मात्र काम गर्नु पर्छ ? पावलले कोरिन्थीहरूलाई शर्ममा पार्न खोज्‍दै छन् । वैकल्‍पिक अनुवादः “पैसा कमाउनका लागि काम गर्न जरुरी मानिसहरू बारनाबास र म मात्रै हौँ भनी तिमीहरूले सोच्छौ जस्तो छ ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]]) # अनुवादका शब्‍दहरू * [[rc://*/tw/dict/bible/kt/believer]] * [[rc://*/tw/dict/bible/kt/apostle]] * [[rc://*/tw/dict/bible/other/peter]] * [[rc://*/tw/dict/bible/other/barnabas]]