Door43-Catalog_ne_tn/1co/04/10.md

2.3 KiB

हामीहरू मूर्ख हौँ ... अनादर

कोरिन्‍थहरूलाई शर्ममा पार्नका लागि पावलले व्‍यङ्‍ग्‍यको प्रयोग गर्छन् ताकि तिनले के भन्‍दै छन् भनी तिनीहरूले विचार गरून् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

तिमीहरूले आदर पाएका छौ

“तिमी कोरिन्थीहरूलाई मानिसहरूले महत्त्वपूर्ण मानिसहरूलाई झैँ व्यवहार गर्छन्”

हामीले अनादर पाएका छौँ

“मानिसहरूले हामी प्रेरितहरूलाई खिसी गर्छन्”

यो वर्तमान घडीसम्म

“अहिलेसम्म” वा “अहिलेको समयसम्म”

हामी नराम्ररी कुटिएका छौँ

यसले हातले प्रहार गर्ने कुरालाई जनाउँछ, कोर्रा वा डन्‍डाले होइन । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले हामीलाई पिट्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

हामी घरविहीन छौँ

यसको अर्थ यही हो कि तिनीहरूसित बस्‍ने ठाउँहरू त थिए तर तिनीहरूले एक ठाउँदेखि अर्को ठाउँमा सरिरहनुपरेको थियो । तिनीहरूसित निश्‍चित घर थिएन ।

अनुवादका शब्‍दहरू