Door43-Catalog_ne_tn/1co/02/08.md

2.5 KiB
Raw Blame History

महिमाका प्रभु

“येशू, महिमामय प्रभु”

आँखाले नदेखेका ... विचार नगरेका ... उहाँलाई प्रेम गर्नेहरूलाई

यो एउटा अपूर्ण वाक्‍य हो । कुनै अनुवादकले यसलाई पूर्ण वाक्‍य बनाउँछन्ः “आँखाले नदेखेका ... विचार नगरेका; यी नै कुराहरू हुन् ... उहाँलाई प्रेम गर्नेहरूका ... ।” अरुले यसलाई अधुरै छोड्‍छन् तर यहाँ यो अधुरै हो भनी जनाउने चिन्‍ह राख्छन् र यो पदको निरन्‍तरताको रूपमा अर्को पद सुरु गर्छन्ः “‘आँखाले नदेखेका ... कुराहरू ... उहाँलाई प्रेम गर्नेहरूका ... -”

आँखाले नदेखेका, कानले नसुनेका, मनले विचारै नगरेका कुराहरू

व्यक्तिको सबै भागहरूलाई जनाउने यी तीवटा कुराहरू हुन् जसले परमेश्‍वरले तयार पार्नुभएका कुराहरूको बारेमा कोही मानिस जानकार भएको छैन भनेर जोड दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उहाँलाई प्रेम गर्नेहरूका निम्ति परमेश्‍वरले तयार पार्नुभएको छ

उहाँलाई प्रेम गर्नेहरूका लागि प्रभुले स्वर्गमा अद्‍भुत आश्‍चर्यमयी कुराहरू सृजना गर्नुभएको छ ।

अनुवादका शब्‍दहरू