Door43-Catalog_ne_tn/1co/01/26.md

3.1 KiB

जोड्ने कथनः

परमेश्‍वरको सामु विश्‍वासीहरूका स्थानलाई पावलले जोड दिन्‍छन् ।

तिमीहरूमध्‍ये धेरै जना ... थिएनौ

यसलाई सकारात्‍मक रूपमा व्यक्त गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तिमीहरूमध्‍ये निकै थोरै”

मानिसको स्तरको मापमा बुद्धिमान्‌

“जे कुरालाई धेरैजसो मानिसले बुद्धिमान् भन्‍छन्”

उच्‍च घरानामा जन्‍म

“तिमीहरूका परिवार उच्‍च भएका हुनाले विशेष”

... बुद्धिमान्‌हरू ... परमेश्‍वरले चुन्‍नुभयो । ... बलियाहरू ... परमेश्‍वरले चुन्‍नुभयो ।

परमेश्‍वरको काम गर्ने तरिका र परमेश्‍वरले ती कसरी गर्नुपर्छ भन्‍ने मानिसहरूका विचारका बीचमा भएको भिन्‍नतालाई जोड दिनका लागि दुई वाक्‍यमा उही शब्‍दहरूलाई पावलले धेरैपल्‍ट दोहोर्‍याउँछन्, जसको अर्थ करिब एउटै हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

परमेश्‍वरले बुद्धिमान्‌हरूलाई शर्ममा पार्नको लागि संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो

“संसारले बुद्धिमान् ठानेका मानिसहरूलाई सरममा पार्नका लागि संसारले मूर्ख ठानेका मानिसहरूलाई परमेश्‍वरले छान्‍नुभयो”

बलियाहरूलाई शर्ममा पार्नको निम्ति परमेश्‍वरले संसारमा भएका दुर्बल कुरालाई छान्‍नुभयो

“संसारले शक्तिशाली ठानेका मानिसहरूलाई शर्ममा पार्नका लागि संसारले दुर्बल ठानेका मानिसहरूलाई परमेश्‍वरले छान्‍नुभयो”

अनुवादका शब्‍दहरू