Door43-Catalog_ne_tn/rev/22/intro.md

2.1 KiB

प्रकाश २२ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस अध्यायले जोड दिन्छ कि प्रकाशको पुस्तकका अगमवाणीहरू चाँडै हुन आउनेछन् । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/prophet)

यस अध्यायमा भएका विशेष अवधारणाहरू

जीवनको रूख

अदनको बगैँचामा भएको जीवनको रूख र यहाँ उल्‍लेख गरिएको जीवनको रूखको बीचमा त्यहाँ सम्भवतः कुनै अभिप्राय गरिएको सम्बन्ध छ । अदनमा भएको श्राप यो समयमा अन्त हुनेछ ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

अल्फा र ओमेगा

यिनीहरू ग्रीक वर्णमालामा भएका पहिलो र अन्तिम अक्षरहरू हुन् । यूएलबीले तिनीहरूका नामहरूलाई अङ्ग्रेजीमा उतारेर लेख्‍छ । यो रणनीतिले अरू अनुवादकहरूको लागि नमुनाको रूपमा काम गर्न सक्छ । केही अनुवादकहरूले, तापनि, तिनीहरूको आफ्‍नै वर्णमालाको पहिलो र अन्तिम अक्षरहरू प्रयोग गर्ने निर्णय गर्न सक्छन्, उदाहरणको लागि, नेपालीमा “क र ज्ञ” ।

सम्बन्धित खण्‍डहरूः

__<< | __