Door43-Catalog_ne_tn/rev/21/intro.md

2.5 KiB

प्रकाश २१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस अध्यायले नयाँ येरूशलेमको विस्तृत विवरण दिन्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

दोस्रो मृत्यु

मृत्यु एक प्रकारको विछोड हो । पहिलो मृत्यु शारीरिक मृत्यु हो, जुन प्राणको शरीरबाटको विछोड हो । दोस्रो मृत्यु चाहिँ परमेश्‍वरबाटको अनन्त विछोड हो । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/other/death]], [[rc:///tw/dict/bible/kt/soul]] अनि rc://*/tw/dict/bible/kt/eternity)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

जीवनको पुस्तक

यो अनन्त जीवनको लागि एउटा अलङ्कार हो । अनन्त जीवनका भागीदार बनेकाहरूको नामहरू यस जीवनको पुस्तकमा लेखिएका हुन्छन् भनेर बताइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

नयाँ स्वर्ग र नयाँ पृथ्‍वी

यो पूर्णतया नयाँ स्वर्ग र पृथ्‍वी हो वा वर्तमान स्वर्ग र पृथ्‍वीबाट पुनः बनाइएको हो भन्‍ने कुरा अस्‍पष्‍ट छ । नयाँ येरूशलेमको लागि पनि यही कुरा सत्य हो । यो सम्भव छ कि यसले केही भाषाहरूमा अनुवादलाई असर गर्नेछ ।

सम्बन्धित खण्‍डहरूः

<< | >>