Door43-Catalog_ne_tn/rev/16/intro.md

3.7 KiB

प्रकाश १६ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस अध्यायले क्रोधको अवधि र परमेश्‍वरद्वाराको महान् इन्साफलाई अन्त गर्दै, प्रकाशको पुस्तकको प्रमुख खण्‍डको निष्‍कर्षको निर्माण गर्छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/judge) केही अनुवादहरूले उद्धरणहरूलाई अलग राख्‍छन् । यूएलबी र अन्य अङ्ग्रेजी अनुवादहरूले १६:५-७ का पङ्क्तिहरूलाई फरक-फरक स्थानबाट पङ्क्तिहरूलाई सुरु गर्छन्, जुन विस्तारित उद्धरणहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“महापवित्रस्थान”

यो भनाइले केही विद्वानहरूलाई यहूदी मन्दिरले स्वर्गमा भएको एउटा दृश्‍यलाई झल्काउँछ भनी विश्‍वास गर्न डोहोर्‍याएको छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/heaven]] अनि [[rc:///ta/man/translate/writing-apocalypticwriting]])

सात कचौराका इन्साफहरू

यस अध्यायले ती इन्साफहरूलाई प्रकट गर्छ जसलाई सात कचौराका इन्साफहरू भनिन्छ । यी इन्साफहरूको द्रूतपना र सम्पूर्णतालाई जोड दिँदै तिनीहरूलाई कुनै खन्याइएको कुरा जसरी चित्रण गरिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

यस अध्यायको लवजबाट पाठकलाई छक्‍क पार्न खोजिएको छ । यसलाई अनुवादमा घटाइनुहुन्‍न ।

आरमागेड्‍डोन

यी हिब्रूमा भएको शब्द हो । पावलले यो शब्दलाई ग्रीकमा अनुवाद गर्दैनन् तर हिब्रू अक्षरहरूको ठाउँमा ग्रीक अक्षरहरू राखेर त्यसलाई ग्रीकमा सारेर त्यसको उच्‍चारणलाई ग्रीक भाषामा लेख्‍न रोज्‍छन् । यूएलबी र यूडिबीका अनुवादकहरूले पनि यो शब्दको अनुवाद गरेका छैनन् । अनुवादकले यसको अर्थको अनुवाद नगरीकन यसको उच्‍चारणलाई निकाल्‍ने कोसिस गर्न खोज्‍नुपर्छ ।

सम्बन्धित खण्‍डहरूः

<< | >>