Door43-Catalog_ne_tn/rev/17/intro.md

4.2 KiB

प्रकाश १७ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यो अध्याय अघिल्‍लो अध्यायको निरन्तरता हो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

वेश्‍या

यहूदीहरूलाई धेरैपटक व्यभिचारी मानिसहरूको रूपमा र बेलाबखतमा वेश्‍याहरूको रूपमा चित्रण गरिएको छ । यो यहाँ चाहिँ केही कुराको उल्‍लेख नै भएको हुन आवश्‍यक छैन । सन्दर्भले वेश्‍यालाई शैतानको रूपमा पहिचान गराउन चाहेको हुन सक्छ, तर अनुवादकले यस अनुवादलाई अस्‍पष्‍ट छोडिन दिनुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-apocalypticwriting)

सात पहाडहरू

यो सम्भवतः रोमको सहरलाई जनाउन भनिएको हो, जुन सातवटा पहाडहरूमाथि बसेको छ भनी भनिन्थ्यो । तापनि, अनुवादकले अनुवादमा यी सातवटा पहाडहरूलाई पहिचान गर्ने कोसिस गर्नुहुँदैन । =##### यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू ##### == अलङ्कारहरू == यूहन्‍नाले यस अध्यायमा थुप्रै विभिन्‍न अलङ्कारहरूको प्रयोग गर्छ । उनले तिनीहरूको अर्थको केही व्याख्या दिन्छन्, तर तिनीहरूलाई तुलनात्मक रूपमा अस्‍पष्‍ट रहन दिन्छन् । अनुवादकले पनि त्यही गर्ने कोसिस गर्नुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“त्यो पशु जुन तिमीले भएको देख्‍यौ, त्यो अब छैन, तर आउन लागेको छ”

यो पदावलीलाई धर्मशास्‍त्रमा अन्यत्र प्रयोग गरिएको येशू “हुनुहुन्थ्यो र हुनुहुन्छ र हुन आउनुहुनेछ” भन्‍ने भनाइको विपरीतमा भएको देखाउन खोजिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

विरोधाभासी अलङ्कारको प्रयोग

यो देखिँदामा अनौठो भनाइ हो, जुन आफैँमा नमिलेको जस्तो देखिन्छ । यस अध्यायमा एउटा विरोधाभासी अलङ्कारको प्रयोग भएको छः पशु “आफैँ पनि आठौँ राजा हो; तर यो ती सात राजाहरूमध्ये पनि एक हो ।” अनुवादकले यो विरोधाभासी अलङ्कारलाई सुल्झाउने कोसिस गर्नुहुँदैन र यो एउटा रहस्यको रूपमा रहनुपर्छ ।

सम्बन्धित खण्‍डहरूः

<< | >>