Door43-Catalog_ne_tn/rev/12/intro.md

3.6 KiB

प्रकाश १२ सामान्य टिपोटहरू

संरचना र ढाँचा

धेरै विद्वानहरूले विश्‍वास गर्छन् कि यस अध्यायका घटनाहरू भविष्‍य र विगत दुवै हुन् । लेखकले आफूले बोलेको कालपक्षलाई नबदली एउटा घटनाबाट अर्को घटनाको कुरा सर्न सक्छन् । यसको बाबजुद, यूहन्‍नाले यी घटनाहरूलाई हुनै लागेका कुराहरूको रूपमा बताउँछन् । केही अनुवादहरूले उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अन्य अङ्ग्रेजी अनुवादहरूले १२:१०-२२ का पङ्क्तिहरूलाई फरक-फरक स्थानबाट सुरु गर्छन्, जुन विस्तारित उद्धरणहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

सर्पो

शैतानलाई सर्पोको रूपमा गरिएको उल्‍लेखबाट पाठकलाई अदनको बगैँचामा भएको परीक्षाको कथा सम्झाउन खोजिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

अलङ्कार

स्‍त्रीलाई थुप्रै विभिन्‍न अलङ्कारहरू प्रयोग गरेर वर्णन गरिएको छ, तर तिनको पहिचान प्रस्‍ट छैन । यस अध्यायले ख्रीष्‍टविरोधीको उत्‍थानको बारेमा पनि कुरा गर्छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///tw/dict/bible/kt/antichrist]])

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“स्वर्गमा एउटा महान् चिन्ह देखियो”

यो कुरालाई पृथ्‍वीमा भएका सबैले देखेका थिए कि यसलाई यूहन्‍नाले मात्रै उनको दर्शनमा देखेका थिए भन्‍ने कुरा अस्‍पष्‍ट छ । विषय अस्‍पष्‍ट हुँदा अनुवादकलाई कठिनाइ हुन सक्छ । अङ्ग्रेजीमा, यो कुरा कर्म वाच्यको प्रयोगबाट गरिन्छ, तर हरेक भाषामा यस्तो संरचना हुँदैन । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/writing-apocalypticwriting]])

सम्बन्धित खण्‍डहरूः

<< | >>