Door43-Catalog_ne_tn/rev/11/intro.md

5.4 KiB

प्रकाश ११ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । ११:१५, १७-१८ का पङ्क्तिहरू, जुन विस्तारित उद्धरणहरू हुन्, तिनीहरूलाई यूएलबी र अन्य अङ्ग्रेजी अनुवादहरूमा फरक-फरक स्थानबाट पङ्क्तिहरूलाई सुरु गर्ने तरिकामा लेखिएको छ ।

धिक्‍कार

प्रकाशको पुस्तकमा त्यहाँ थुप्रै खास धिक्‍कारहरू उल्‍लेख गरिएका छन् । यस अध्यायमा यी धिक्‍कारहरूमध्ये दोस्रो र तेस्रो धिक्‍कार छ । यो सम्भव छ कि प्रकाशका घटनाहरूका कालक्रमको लागि यिनीहरूको केही संरचनात्मक विशेषता वा महत्त्व छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

अन्यजातिहरू

यस अध्यायमा “अन्यजातिहरू” शब्द ईश्‍वरहीन अन्यजातिहरूलाई जनाउन प्रयोग गरिएको हो र अन्यजाति ख्रीष्‍टिएनहरूलाई होइन । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/ungodly)

दुई साक्षीहरू

प्रकाशको समयावधिमा यी दुई साक्षीहरूले अगमवक्ताको रूपमा एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् । यी दुई मानिसहरूको पहिचानको बारेमा विद्वानहरूले थुप्रै सुझावहरू राखेका छन् । तिनीहरू को हुन् भनेर जानिएको छैन र महत्त्वपूर्ण छैन । बरु, यो तिनीहरूको अविनाशी स्वभाव र तिनीहरूको सन्देश हो जुन बढी महत्त्वपूर्ण र अकाट्य छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/prophet)

अतल कुण्‍ड

यो प्रकाशको पुस्तकमा भएको सामान्य चित्रण हो जसले नरकलाई दर्शाउँछ । यसले जोड दिन्छ कि नरक चाहिँ उम्‍कनै नसकिने कुरा हो । यसलाई माथि हुन्छ भनी ठानिएको स्वर्गको विपरीतमा तल हुन्छ भनी वर्णन गरिएको छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/hell)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“यी दुई अगमवक्ताहरूले पृथ्‍वीमा हुनेहरूलाई यातना दिए”

यी दुई अगमवक्ताहरू ठूलो मात्रामा हुने विनाशसँग जोडिएका छन्, जसले पृथ्‍वीमा भएका मानिसहरूलाई ठूलो क्षति पुर्‍याउनेछ । यो कठोर-आत्मा भएको कुरा होइन, तर यी मानिसहरूलाई पश्‍चात्तापमा ल्याउने एउटा प्रयत्‍न हो । तर तिनीहरूले पश्‍चात्ताप गर्नेछैनन् । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/repent]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

“मृतकहरूको इन्साफ गर्ने समय आएको छ”

मानिसहरू मरेपछि तिनीहरूको इन्साफ हुनेछ । येशूलाई इन्कार गर्नेहरूले अनन्त दण्‍ड भोग गर्नेछन्, जबकि ख्रीष्‍टिएनहरूलाई विश्‍वासयोग्‍यताको लागि इनाम दिइनेछ जससँग तिनीहरूले ख्रीष्‍टिएनहरूको रूपमा तिनीहरूको जीवन जिए । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/eternity]] अनि [[rc:///tw/dict/bible/kt/faithful]])

सम्बन्धित खण्‍डहरूः

<< | >>