Door43-Catalog_ne_tn/rev/10/intro.md

4.0 KiB

प्रकाश १० सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

सात गर्जनहरू

सात गर्जनहरूको अर्थ के हो भन्‍ने कुरा अस्‍पष्‍ट छ । यो पदावलीलाई अनुवादकले नबुझ्‍नु र यसलाई “सात गर्जनहरू”को रूपमा अनुवाद गर्न पूर्ण रूपले स्‍वीकार्य छ (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/writing-apocalypticwriting]])

“परमेश्‍वरको रहस्य”

यसले केलाई जनाउँछ भनेर अनिश्‍चित छ । यो पावलले वर्णन गरेको “रहस्य” होइन, जसको नाम मण्‍डली हो । यसले सम्भवतः केही कुरा हाल लुकेको वा नजानिएको भन्‍ने अर्थ बोक्छ, जुन यस समयमा प्रकट हुनेछ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/reveal)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

“स्‍वर्गबाट तल आइरहेको”

स्‍वर्गलाई बारम्बार “माथि” हुन्छ भनी भनिन्छ । यसको कारण चाहिँ स्‍वर्ग पृथ्‍वीमा अवस्थित छैन भनी जोड दिनलाई हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उपमा

शक्तिशाली स्‍वर्गदूतलाई वर्णन गर्न त्यहाँ थुप्रै विभिन्‍न उपमाहरू प्रयोग गरिएका छन् । उपमाहरूलाई यूहन्‍नाले दर्शनमा देखेका कुराहरूलाई दैनिक उपभोग गरिने सामानसँग जोडेर वर्णन गर्ने कोसिस गर्नलाई प्रयोग गरिएको छ । तापनि,इन्द्रेणी र बादललाई शाब्‍दिक रूपमा त्यही नै भनेको भनी बुझ्‍नुपर्छ, किनकि तिनीहरू कुनै पनि उपमाको हिस्‍सा होइनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

चर्मपत्रको मुट्ठोहरू

यस अध्यायमा भएको चर्मपत्रको मुट्ठो यहाँसम्‍ममा प्रकाशको पुस्तकको अधिकांश भागको विषय बनेको चर्मपत्रको मुट्ठोहरूबाट फरक छ । यसलाई यहाँ “सामो चर्मपत्रको मुट्ठो” भनिएको छ । अनुवादकले पक्‍का गर्नुपर्छ कि त्यहाँ एउटाभन्दा बढी चर्मपत्रको मुट्ठोहरू छन् भनेर पाठक सचेत छन् ।

सम्बन्धित खण्‍डहरूः

<< | >>