Door43-Catalog_ne_tn/rev/09/10.md

3.3 KiB

तिनीहरूको पुच्छर थियो

"ती" शब्दले सलहलाई जनाउँदछ ।

बिच्छी जस्तो डस्ने कुराको साथ

बिच्छी यसको सानो पुच्छरको अन्तमा विषाक्त डस्ने कुराको साथ सानो कीरा हो । खिलले गम्भीर पीडा वा मृत्युसमेत निम्त्याउन सक्छ । तपाईंले यस्तै वाक्यांशलाई प्रकाश ९:६ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः "बिच्छीका डस्ने कुरा जस्तो चीजको साथ" वा "डस्ने कुराको साथ जसले बिच्छीहरूको डस्ने कुराले जस्तो डरलाग्दो पीडा दिन सक्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

उनीहरूको पुच्छरमा पाँच महीनाका लागि मानिसहरूलाई हानि गर्ने शक्ति थियो

सम्भावित अर्थहरू १) तिनीहरूसँग पाँच महिनासम्म मानिसहरूलाई हानी पुर्‍याउने शक्ति थियो वा २) उनीहरूले व्यक्तिहरूलाई डस्न सक्थे र मानिसहरू पाँच महिनासम्म पीडामा पर्ने थिए ।

अतल कुण्‍ड

यो अत्यन्त गहिरो साँघुरो सुरुङ हो । सम्भावित अर्थहरू १) खाडलको कुनै पिँध हुँदैन; यो सँधै तल झर्दै जान्छ वा २) खाडल यति गहिरो छ कि यसको पिँध नभएको जस्तो छ । तपाईंले यसलाई प्रकाश ९:१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

अब्बाडोन ... अपोल्‍लियोन

दुवै नामको अर्थ "विनाशक" हो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-names]] and [[rc:///ta/man/translate/translate-transliterate]])

त्यहाँ अझै दुई प्रकोपहरू बाँकी छन्

भविष्यमा हुने कुरालाई आउँदै गरेको भनेर बताइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्दहरू