Door43-Catalog_ne_tn/mat/25/intro.md

1.8 KiB

मत्ती २५ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस अध्यायले अघिल्‍लो अध्यायको शिक्षालाई निरन्तरता दिन्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

दश कन्याहरूको दृष्‍टान्त

यहूदीहरूको माझमा, जब कुनै विवाहको आयोजना हुन्थ्यो, विवाहभन्दा अगाडि त्यहाँ केही समय अवधि हुन्थ्यो । यो समयको अन्तमा, जवान मानिस उसको दुलहीको घरमा जान्थ्यो, जहाँ उनी तिनको लागि कुरिरहेकी हुन्थिन् । तब विवाहको कार्यक्रम सुरु हुन्थ्यो । तब तिनीहरूले धेरै खुशीयाली मनाइसकेपछि दुलहाको घरसम्‍म यात्रा गर्थे, जहाँ एउटा भोज राखिएको हुन्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-apocalypticwriting) येशूले दश कन्याहरूको दृष्‍टान्त भन्‍नको लागि यी चलनहरूको प्रयोग गर्नुहुन्छ (मत्ती २५:१-१३) ।

सम्बन्धित खण्‍डहरूः

<< | >>