Door43-Catalog_ne_tn/mat/25/01.md

2.5 KiB

जोड्ने कथन:

बुद्धिमति र निर्बुद्धि कन्याहरूका विषयमा येशूले यस खण्डमा एउटा दृष्‍टान्त भन्‍न सुरुवात गर्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

स्वर्गको राज्य जस्तै हुनेछ

यहाँ "स्वर्गको राज्य" ले परमेश्वरको शासनलाई राजा भनेर संकेत गर्दछ। "स्वर्गको राज्य" भन्ने वाक्यांश केवल मत्तीमा प्रयोग गरिएको छ। यदि सम्भव छ भने, तपाईंको अनुवादमा "स्वर्ग" प्रयोग गर्नुहोस्। तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् मत्ती १३:२४ । वैकल्‍पिक अनुवादः "जब स्वर्गमा हाम्रा परमेश्वर राजा हुनुहुन्छ भनेर देखाउनुहुन्छ, यो त्यस्तै हुनेछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

बत्तीहरू

यो यीमध्ये हुन सक्छः (१) बत्ती (युडीबी हेर्नुहोस्) वा (२) एउटा लौरोको टुप्पोमा एउटा कपडा बाँधेर त्यस कपडालाई तेलले भिजाएर बनाइने चिराक ।

तिनीहरूमध्ये पाँच जना

“कन्याहरूमध्ये पाँच जना”

तिनीहरूले आफूसँग कत्ति पनि तेल लगेनन्

“तिनीहरूसँग आफ्ना बत्तीमा हालिएको तेल मात्रै थियो ।”

अनुवादका शब्‍दहरू