Door43-Catalog_ne_tn/mat/24/intro.md

3.3 KiB

मत्ती २४ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस अध्यायमा, येशूले उहाँ ब्रह्‌माण्‍डको राजाको रूपमा फर्कनुहुने समयसम्‍म गरेर भविष्‍यको बारेमा अगमवाणी गर्न सुरु गर्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/prophet)

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“संसारको अन्त”

यस अध्यायमा, येशूका चेलाहरूले उहाँ फेरि फर्कनुहुँदा तिनीहरूले कसरी चाल पाउनेछन् भनेर सोध्दा उहाँका चेलाहरूलाई उहाँले जवाफ दिनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-apocalypticwriting)

नोआको उदाहरण

नोआको समयमा, त्यहाँ एउटा ठूलो जलप्रलय भएको थियो जुन मानिसका पापहरूको दण्‍डस्‍वरूप परमेश्‍वरले पठाउनुभयो । आउन लागेको यो जलप्रलयको बारेमा त्यहाँ थुप्रै चेतावनीहरू भएका थिए, तर यो वास्तवमा चाहिँ अचानक सुरु भयो । यस अध्यायमा, येशूले त्यस जलप्रलय र अन्तिम दिनहरूको तुलना गर्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/sin)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भवाव्य कठिनाइहरू

“... भागून्/नजाऊन्”

यूएलबीले येशूका थुप्रै आदेशहरूमा यी शब्दहरूको प्रयोग गर्छ, जस्तै कि, “यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्” (२४:१६), “जो घरको कौशीमा छ घरमा भएको केही कुरा निकाल्‍न तल नजाओस्” (२४:१७), र “र जो खेतमा छ त्यो आफ्‍नो खास्‍टो लिन नफर्कोस्” (२४:१७) । एउटा आदेशलाई बनाउनको लागि थुप्रै तरिकाहरू छन् । अनुवादकहरूले तिनीहरूका आफ्‍नै भाषाका सबैभन्दा बढी स्‍वभाविक हुने तरिकाहरू छान्‍नुपर्छ ।

सम्बन्धित खण्‍डहरूः

<< | >>