Door43-Catalog_ne_tn/mat/23/intro.md

2.9 KiB

मत्ती २३ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

पाखण्‍डीहरू

यस अध्यायमा फरिसीहरूको पाखण्‍डीपना प्रमुख विषयवस्तु हो । येशूले यस पाखण्‍डीपनाको बारेमा निकै लामो कुरा गर्नुहुन्छ । फरिसीहरूले यस्ता नियमहरू बनाए जुन कसैले पनि पालना गर्न सक्‍दैनथ्यो, र सामान्य मानिसहरूलाई मान्‍न लगाए कि तिनीहरूले ती नियमहरूको पालना गर्न नसकेको कारण तिनीहरू दोषी थिए । यसको थपमा, फरिसीहरूका आफ्‍नै नियमहरूले तिनीहरूलाई मोशाको व्यवस्थामा भएका परमेश्‍वरका खास आज्ञाहरूको पालाना नगर्नको लागि छुट दियो ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भवाव्य कठिनाइहरू

नाम दिने

धेरै संस्कारहरूमा, मानिसहरूलाई अपमान गर्नु गलत कुरा हो । यस अध्यायमा फरिसीहरूलाई इङ्कित गरिएको धेरैजसो शब्दहरूलाई अपमानको रूपमा लिन सकिन्छ । तिनीहरूलाई “पाखण्‍डीहरू”, “अन्धा अगुवाहरू”, “मूर्खहरू”, र “साँपहरू” भनी बोलाइएको छ । येशूले यी शब्दहरू तिनीहरूको स्वभावहरूलाई वर्णन गर्न र दोष लगाउनको लागि प्रयोग गर्नुभयो ।

विरोधाभासी अलङ्कार

यो एउटा भनाइ हो जुन अनौठो वा आफैँमा नमिलेको जस्तो देखिन्छ । उदाहरणको लागि, “तिमीहरूमध्ये जो सबैभन्दा ठूलो छ त्यो तिमीहरूको सेवक हुनेछ” (मत्ती २३:११-१२)

सम्बन्धित खण्‍डहरूः

<< | >>