Door43-Catalog_ne_tn/mat/15/intro.md

3.2 KiB

मत्ती १५ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले १५:८-९ का सबै पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एक उद्धरण हो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“परम्पराहरू”

“अगुवाहरूका परम्पराहरू”, अर्थात, मौखिक नियमहरू, यस अध्यायमा भएको महत्त्वपूर्ण अवधारणा हो । यी नियमहरू ती हुन् जुन यहूदीहरू माझमा भएका धार्मिक अगुवाहरूले मोशाको व्यवस्थाको पालना गरिएको छ भन्‍ने कुरा पक्‍का गर्नको लागि विकास गरे । तापनि, यी नियमहरू व्यवहारमा धेरैपटक मोशाको व्यवस्थाभन्दा बढी महत्त्वपूर्ण बने । येशूले यसको लागि धार्मिक अगुवाहरूलाई गाली गर्नुभयो, र परिणामस्‍वरूप तिनीहरू रुष्‍ट बने । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/lawofmoses)

यहूदीहरू र अन्यजातिहरू

कनानी स्‍त्रीको येशूमा भएको विश्‍वास चाहिँ उहाँलाई ग्रहण गर्न यहूदी अगुवाहरूको इन्कारसँग निकै भिन्‍न हुन गयो । यो भिन्‍नताले ती अगुवाहरूलाई कडा हप्‍कीको रूपमा काम गर्‍यो ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भवाव्य कठिनाइहरू

भेडाहरू

धर्मशास्‍त्रमा मानिसहरूलाई धेरैपटक भेडाको रूपमा चित्रण गरिएको छ । यस अध्यायमा, भेडाको चित्रणले यहूदीहरू तिनीहरूलाई डोहोर्‍याउन एउटा उचित अगुवा बिना आत्‍मिक रूपमा हराएका थिए भनेर प्रस्‍ट्याउँछ ।

सम्बन्धित खण्‍डहरूः

<< | >>