Door43-Catalog_ne_tn/mat/13/intro.md

2.7 KiB

मत्ती १३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले १३:१४-१५ का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एक उद्धरण हो । यो खण्‍डले एउटा नयाँ भागलाई सुरुवात गर्छ । यसमा स्‍वर्गको राज्यको बारेमा येशूका केही दृष्‍टान्तहरू छन् ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

दृष्‍टान्तहरू

दृष्‍टान्त भनेको नैतिक वा धार्मिक पाठलाई प्रस्‍ट गरेर बुझाउन प्रयोग गरिने एउटा छोटो कथा हो । यस अध्यायमा, दृष्‍टान्तहरूले येशूमा विश्‍वास राख्‍नेहरूलाई स्‍वर्गको राज्यको बारेमा भएको सत्यतालाई प्रकट गर्छ । साथै, तिनीहरूले यी नै सत्यताहरूलाई येशूलाई इन्कार गर्नेहरूबाट लुकाउँछन् (मत्ती १३:११-१३) । यी दृष्‍टान्तहरूले सामान्यतया कथाको रूप लिन्छन् । == रूपक र अलङ्कार == यस अध्यायमा, मत्तीले आँखाले हेर्ने र कानले सुन्‍ने कुराको सन्दर्भको प्रयोग गर्छन् । यो अध्यायले उनको पाठकलाई यी दृष्‍टान्तहरूको पाठहरू बुझ्‍नलाई उत्साह दिनको निम्ति यी भाषाका अलङ्कारहरू प्रयोग गर्छ ।

सम्बन्धित खण्‍डहरूः

<< | >>