Door43-Catalog_ne_tn/act/15/intro.md

3.5 KiB

प्रेरितहरू १५ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले १५:१६-१८ का सबै पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एउटा उद्धरण हो । यस अध्यायको घटनाहरूलाई सामान्य रूपमा “येरूशलेमको परिषद” भनिन्छ । यो त्यो समय थियो जब मण्‍डलीका धेरै अगुवाहरू अन्यजातिहरू र मोशाको व्यवस्थाको बीचको सम्बन्धमा छलफल गर्न एकसाथ भेला भए । परिषदले पुष्‍टि गर्‍यो कि अन्यजातिहरूले व्यवस्थाको पालना गर्न जरुरी थिएन । बरु, मण्‍डलीभित्रको कसैले पनि यो व्यवस्थाको पालना गर्नुपर्दैनथ्यो । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/lawofmoses)

यस अध्यायमा भएका विशेष अवधारणाहरू

भाइहरू

भाइहरूलाई अब सङ्गी यहूदीहरूको साटोमा सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउन प्रयोग गरिँदै छ ।

“तपाईंको उद्धार हुन सक्दैन”

यो स्‍पष्‍ट रूपमा एउटा गलत अवधारणा हो । पुरानो करारको समयमा पनि कोही व्यक्तिको उद्धार तिनीहरूको विश्‍वासद्वारा हुन्थ्यो र मोशाको व्यवस्थाप्रतिको तिनीहरूको आज्ञापालनद्वारा होइन । पावल र बारनाबास यो विषयमा छलफल गर्न येरूशलेममा गए ताकि मण्‍डलीमा एकता हुन सकोस् । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/save]] अनि [[rc:///tw/dict/bible/kt/faith]])

“मूर्तिहरूलाई चढाइएको थोकहरू, रगत, गला अँठ्याएर मारेको कुराहरू, र व्यभिचारको अशुद्धताबाट टाढा रहनुहोस्”

यो सम्भव छ कि यी कार्यहरू यहूदीहरू र अन्यजातिहरू बीचमा शान्ति कायम राख्‍नलाई आवश्‍यक थिए ।

सम्बन्धित खण्‍डहरूः

<< | >>