Door43-Catalog_ne_tn/act/04/29.md

3.8 KiB

जोड्ने कथनः

विश्‍वासीहरूले ४:२४ मा सुरु गरेको प्रार्थनालाई अन्त्य गर्छन् ।(./23.md)

तिनीहरूको चेतावनी मा हेर्नुहोस्

यहाँ "हेराइ" शब्दहरू यहूदी अगुवाहरूले विश्वासीहरूलाई धम्की दिएका तरिकामा ध्यान दिनको लागि परमेश्वरलाई अनुरोध गरिएको छ। वैकल्‍पिक अनुवादः "उनीहरूले हामीलाई कसरी सजाय दिने धम्की दिएका नोटिस गर्नुहोस्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

निको पार्नको लागि आफ्नो हात तन्नुहोस्

यहाँ "हात" शब्दले परमेश्वरको शक्तिलाई बुझाउँदछ। परमेश्‍वर कति शक्तिशाली हुनुहुन्छ भनेर देखाउन यो अनुरोध हो। वैकल्‍पिक अनुवादः "जब तपाईं मानिसहरूलाई निको पार्दै आफ्नो शक्ति देखाउनुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तपाईंको पवित्र सेवक येशूको नामको माध्यमबाट

यहाँ "नाम" शब्दले शक्ति र अधिकारलाई जनाउँछ। वैकल्‍पिक अनुवादः "तपाईंको पवित्र सेवक येशूको शक्तिबाट" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तपाईंको पवित्र सेवक येशू

"येशू जसले विश्वासीपूर्वक तपाईंको सेवा गर्नुहुन्छ।" तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् प्रेरितहरू ४:२७

ठाउँ ... हल्लाएको थियो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः"ठाउँ ... हल्लायो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरू सबै पवित्र आत्माले भरिएका थिए

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् प्रेरितहरू २:४ । वैकल्‍पिक अनुवादः "पवित्र आत्माले ती सबैलाई भर्नुभयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू