Door43-Catalog_ne_tn/act/02/01.md

3.7 KiB

सामान्य जानकारी:

यो नयाँ घटना हो । अहिले पेन्तिकोसको दिन हो ।

सामान्य जानकारी:

शब्द “तिनीहरू” ले १:१५ मा लूकाले उल्लेख गरेका प्रेरितहरू र अन्य १२० विश्‍वासीको समूहलाई जनाउँदछ ।(../01/15.md) ।

एक्‍कासि

यसले अप्रत्यासित रूपमा घटेको घटनालाई जनाउँछ ।

स्वर्गबाट ... एउटा आवाज आयो

सम्भावित अर्थहरू १) "स्वर्ग" ले परमेश्वर बस्नुहुने ठाउँलाई जनाउँछ। वैकल्‍पिक अनुवादः "स्वर्गबाट ​​आवाज आयो" वा २) "स्वर्ग" ले आकाशलाई जनाउँछ। वैकल्पिक अनुवादः “स्वर्गबाट एउटा आवाज आयो” वा “आकाशबाट एउटा आवाज आयो”

शक्‍तिशाली हावाको झोक्‍काजस्तै

“एउटा धेरै शक्‍तिशाली बतास आएजस्तो आवाज”

पुरै घर

यो एउटा घर पनि हुन सक्छ वा ठुलो भवन पनि हुन सक्छ ।

आगोका जिब्राहरूजस्ता तिनीहरूकहाँ देखा परे

यिनीहरू वास्तविक आगोका जिब्राहरू होइनन्, तर तीजस्तै देखिने कुराहरू हुन् । सम्भावित अर्थहरूः (१) आगोले बनेका जस्तै देखिने जिब्राहरू , वा (२) जिब्राजस्तै देखिने आगोका साना ज्वालाहरू । जब एउटा दियोमा जस्तै सानो ठाउँमा आगो बल्छ, त्यसको ज्वालाले जिब्रोको आकार दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

भागभाग भएर तिनीहरू हरेकमाथि बसे

यसको अर्थ हुन्छः “आगोका जिब्राहरूजस्ता” भागभाग भएर तिनीहरू हरेकमाथि बसे ।

तिनीहरू सबै जना पवित्र आत्माले भरिए

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यहाँ हुनेहरू सबैमाथि पवित्र आत्मा आउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अरू भाषाहरूमा बोल्नु

यी ती भाषाहरू हुन् जुन तिनीहरूले पहिले जान्दैन थिए ।

अनुवादका शब्‍दहरू