Door43-Catalog_ne_tn/act/02/intro.md

4.3 KiB

प्रेरितहरू ०२ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले २:१७-२१, २५-२८, ३१, ३४-३५ का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटका उद्धरणहरू हुन् । यस अध्यायमा वर्णन गरिएका घटनाहरूलाई सामान्यतया “पेन्तिकोस” भनिन्छ । धेरै मानिसहरूले विश्‍वास गर्छन् कि यस अध्यायमा, विश्‍वासीहरूमा अन्तरवास गर्नको लागि भएको पवित्र आत्माको आगमनले मण्‍डलीको सुरुवातलाई अङ्कित गर्छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/believe)

यस अध्यायमा भएका विशेष अवधारणाहरू

जिब्रोहरू

त्यहाँ यो खण्‍डमा जिब्रोहरूलाई देखाइएको छ । तिनीहरूलाई विदेशी भाषाहरूका रूपमा वर्णन गरिएको छ, जुन भाषा बोल्‍ने व्यक्तिलाई पहिला आउँदैनथ्यो ।

अन्तिम दिनहरू

के अन्तिम दिनहरू इतिहासको यो समयमा सुरु भयो ? यो कठिन प्रश्‍नको जवाफमा विद्वानहरू विभाजित छन् । अन्तिम दिनहरूको सुरुको विन्दुलाई किटेर नभन्‍नलाई अनुवादकले सावधानी अपनाउनुपर्छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/lastday)

बप्‍तिस्मा

यस अध्यायमा दुई बप्‍तिस्माहरूको उल्‍लेख भएको छ । पहिलो चाहिँ ख्रीष्‍टिएन बप्‍तिस्मा हो । दोस्रो चाहिँ आत्माको बप्‍तिस्मा हो । दुई बप्‍तिस्माहरू बीचको भिन्‍नता चाहिँ कोही व्यक्तिको ईश्‍वरशास्‍त्रीय दृष्‍टिकोणमा भर पर्छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/baptize)

चिन्हहरू र आश्‍चर्यकर्महरू

यो एउटा अद्वितीय पदावली हो जसले प्रदर्शन गरिएको महान् शक्ति र ख्रीष्‍ट को हुनुहुन्थ्यो र हुनुहुन्छ भनेर सत्यताको गवाही बोक्‍ने कुरालाई वर्णन गर्छ । यो यस अध्यायको प्रमुख विषयवस्तु हो ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

के योएलको अगमवाणी पूरा भएको छ ?

यस्तो देखिन्छ कि योएलको अगमवाणी पूर्ण तरिकाले होइन तर आंशिक रूपमा पूरा भएको हुन सक्छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/prophet)

सम्बन्धित खण्‍डहरूः

<< | >>