Door43-Catalog_ne_tn/act/01/intro.md

6.7 KiB

प्रेरितहरू ०१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस अध्यायले सामान्य रूपमा “स्वर्गारोहण” भनी जानिएको एउटा घटनाको अभिलेख राख्छ, जुन येशू उहाँको पुनरुत्थान भएपछि स्वर्गमा फर्कनुहुँदा घटेको हो । उहाँ उहाँको “दोस्रो आगमन”को बेला नभएसम्म फर्कनुहुनेछैन । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/heaven]] अनि [[rc:///tw/dict/bible/kt/resurrection]]) अरू अनुवादहरूलाई पछ्याउँदै, यूडिबीले अभिवादनलाई(“प्रिय थियोफिलस”) अलग राख्‍न छानेको छ । यसले पत्रको शैलीलाई अनुकरण गरेको हो, तर यसलाई अनुवादकको संस्कार-चलनमा भएको उस्तै प्रकारको अभ्यासको अनुकरण गर्नलाई फरक ढङ्गले पनि लेख्‍न सकिन्छ । केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले १:२० का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एउटा उद्धरण हो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

परमेश्‍वरको राज्य

केही विद्वानहरूले विश्‍वास गर्छन् कि परमेश्‍वरको राज्य उहाँको जीवनकालमा किन आएन भनेर येशूले चेलाहरूलाई व्याख्या गर्नुभयो । अरूहरूले विश्‍वास गर्छन् कि परमेश्‍वरको राज्यको एउटा नयाँ चरण भर्खर सुरु भएको छ ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

बाह्र चेलाहरू

बाह्र चेलाहरूको सूची निम्‍नानुसार छः मत्तीमाः सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब, जब्दियाका छोरा यूहन्‍ना, फिलिप, बारथोलोमाइ, थोमा, मत्ती, अल्‍फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी र यहूदा इस्‍करियोत । मर्कूसमाः सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब, जब्दियाका छोरा यूहन्‍ना (जसलाई उहाँले बोअनर्गेस नाम दिनुभयो, जसको अर्थ हो , गर्जनका पुत्रहरू), फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्‍फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी, र यहूदा इस्‍करियोत । लूकामाः सिमोन (पत्रुस), अन्द्रियास, याकूब, यूहन्‍ना, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्‍फयसका छोरा याकूब, सिमोन, जसलाई उग्रपन्थी भनिन्‍थ्यो, याकूबका छोरा यहूदा, र यहूदा इस्‍करियोत । यो कुरा सम्भाव्य छ कि थेदियस र याकूबका छोरा, यहूदा एउटै व्यक्तिका दुई नामहरू हुन् ।

कालमा भएका बदलाउहरू

“येशूले गर्न र सिकाउन थाल्‍नुभयो” भन्‍ने पदावलीलाई अनुवाद गर्न कठिन हुन सक्छ किनभने यसले वाक्यभित्रै घटनाहरूको काल वा समयलाई बदल्‍छ (प्रेरितहरू १:१) । यी सबै कार्यहरूलाई एक अर्कासँग कालमा मिल्‍ने बनाउन आवश्‍यक हुन सक्छ । एउटा वैकल्‍पिज अनुवाद यसो हुन सक्थ्यो, “येशूले गर्नुभयो र सिकाउनुभयो” ।

आखेल्दामा

यो हिब्रू वा आरमेइक भाषामा भएको एउटा पदावली हो । लूकाले यस पदावलीलाई ग्रीकमा “अनुवाद” गर्दैनन् तर हिब्रू अक्षरहरूका साटोमा ग्रीक अक्षरहरू राखेर यसलाई ग्रीकमा “उही उच्‍चारणका साथ लेख्‍न” वा सार्नलाई रोज्‍छन् । यूएलबी र यूडिबीका अनुवादकहरूले पनि यो पदावलीको अनुवाद गर्न छानेका छैनन् । अनुवादकले यसको अर्थको अनुवाद नगरीकन यो पदावलीको उच्‍चारणलाई निकाल्‍ने कोसिस गर्नुपर्छ ।

सम्बन्धित खण्‍डहरूः

| >>