Door43-Catalog_ne_tn/act/01/01.md

2.5 KiB

मैले पहिला लेखेको पुस्तक

पहिलो पुस्तक लुकाको सुसमाचार हो ।

थियोफिलस

लुकाले यो पुस्तक थियोफिलस नाम गरेका मानिसलाई लेखेका हुन् । कतिपय अनुवादहरूले तिनीहरूको पत्रमा सम्बोधन गर्ने तरिकालाई आफ्नै संस्कृतिअनुसार गर्ने गर्छन्, र पत्रको वाक्यको सुरुमा “प्रिय थियोफिलस” भनेर लेख्छन् । थियोफिलसको अर्थ हुन्छ, “परमेश्‍वरका मित्र” । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

येशूलाई माथि नलगिएसम्म

यसले येशू स्वर्गारोहण हुनुभएको कुरालाई देखाउँछ । वैकल्‍पिक अनुवादः "उसलाई स्वर्ग लगिएको दिनसम्म" वा "उहाँ स्वर्गमा उक्लिएको दिनसम्म" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

पवित्र आत्माद्वारा ... आज्ञा

पवित्र आत्माले निश्‍चित कुराहरूमा प्रेरितहरूलाई निर्देशन गर्न येशूलाई अगुवाइ गर्नुभयो ।

उहाँको कष्‍टभोगपछि

यसले येशूको क्रुसमा भएको मृत्यु र दुःखलाई देखाउँदछ ।

आफैँलाई तिनीहरूकहाँ जीवित प्रस्तुत गर्नुभयो

येशू प्रेरितहरूकहाँ र अरू धेरै जना चेलाकहाँ देखा पर्नुभयो ।

अनुवादका शब्‍दहरू