Door43-Catalog_ne_tn/2co/11/12.md

2.9 KiB

जोड्ने कथनः

जसै पावलले आफ्नो प्रेरितीय सेवकाइलाई पुष्‍ट गर्ने कुरालाई निरन्तरता दिँदा, उनले झूटा प्रेरितहरूको बारेमा उल्लेख गर्छन् ।

मैले दाबीलाई दूर गर्न सकूँ भनेर

पावलले उनका शत्रुहरूले बताउने झूटा दाबीलाई उनले बोकेर कतै लैजान सक्ने थोकहरू भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “ताकि मैले यसलाई असम्भव बनाउन सकौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जसको निम्ति तिनीहरूले घमण्ड गर्न चाहन्छन्

जबकि पावलको घमण्ड थियो कि उनले सुसमाचार सित्तैमा प्रचार गरे (२ कोरिन्थीहरू ११:७), उनका शत्रुहरूले घमण्ड गरे कि तिनीहरू बोल्न सिपालु थिए (२ कोरिन्थीहरू ११:६)।

तिनीहरूले पनि हामीले गरिरहेका काम नै गरिरहेका पाइन्छन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कि तिनीहरू पनि हामी जस्तै हुन् भनी मानिसहरूले सोच्नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

किनकि त्यस्ता मानिसहरू

“मैले जे गर्छु सो गर्छु किनभने मानिसहरू त्यो मन पराउँछन्”

छली काम गर्नेहरू

“बेइमानीपूर्ण काम गर्नेहरू”

तिनीहरूले प्रेरितको भेस धारण गर्दै

“प्रेरितहरू होइनन्, तर तिनीहरूले आफैँलाई प्रेरितहरूजस्तो देखाउने कोसिस गर्छन्”

अनुवादका शब्दहरू