Door43-Catalog_ne_tn/2co/11/07.md

4.1 KiB

के तिमीहरू उच्च हौ भनी मैले आफैलाई नम्र पारेर मैले पाप गरेँ ?

पावलले कोरिन्थीहरूलाई विशेष किसिमले व्यवहार गरेका थिए भनी दाबी गर्न सुरु गर्छन् । आवश्यक परे यस आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मलाई लाग्छ तिमीहरू उच्च हौ भनी मैले आफैलाई नम्र पारेर मैले पाप गरिन भन्ने कुरामा हामी सहमत हुन सक्छौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

स्वतन्‍त्र रूपमा

“बदलामा तिमीहरूबाट कुनै कुरा आशा नगरिकन”

मैले अरू मण्डलीहरूलाई लुटेँ

पावललाई दिनलाई बध्य नभएका मण्डलीहरूबाट उनले खर्च लिए भन्‍ने कुरालाई जोड दिनलाई यो एउटा अतिरञ्‍जन हो । वैकल्पिक अनुवादः “मैले अरू मण्डलीहरूबाट आर्थिक सहायता लिएँ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-irony]] अनि [[rc:///ta/man/translate/figs-hyperbole]])

तिमीहरूलाई सेवा दिन सकूँ

यसको पूर्ण अर्थलाई स्पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “मोल नतिरी मैले तिमीहरूको सेवा गर्न सकूँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

हरेक कुरामा मैले आफैँलाई तिमीहरूको बोझ बन्‍नबाट टाढा राखेँ

“म तिमीहरूको निम्ति कहिल्यै पनि आर्थिक भार बनेको छैनँ ।” पावलले कसैलाई पैसा खर्च गर्नुपर्ने कुरालाई मानिसहरूले बोक्नु पर्ने कुनै गाह्रौँ वस्तु हो झैँ गरी उल्लेख गर्छन् । यसको पूर्ण अर्थलाई स्पष्‍ट बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले पैसा खर्च गर्नु नपरोस् ताकि तिमीहरू मसित रहन सक भन्‍ने निश्‍चय गर्नलाई मैले सक्ने सबै कुरा मैले गरेको छु” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

भाइहरु जो आए

यी “भाइहरू” सम्भवतः सबै पुरुष थिए ।

म त्यो कुरा निरन्तर गर्नेछु

“म तिमीहरूलाई कहिल्यै पनि भार हुनेछैन”

अनुवादका शब्दहरू