ne_tn/psa/049/014.md

4.4 KiB

सामान्य जानकारी:

आफ्ना सम्पतिहरूले आफूलाई बचाउने छन् भनी विश्‍वास गर्ने मानिसहरू बारे लेखकले निरन्तर वर्णन गर्छन् ।

भेडालाई झैँ

लेखकले मर्ने सबै मानिसहरूलाई भेडाको बगालसँग तुलना गर्छन् । कसाईले भेडालाई मा गर्ने निर्णय गर्दा त्यो भाग्‍न नसके जस्तै मानिसहरू तिनीहरूको मर्ने समय आउँदा तिनीहरू भाग्‍न सक्दैनन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

तिनीहरूलाई ... नियुक्‍ति गरिन्छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमेश्‍वरले तिनीहरूलाई ... नियुक्त गर्नुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मृत्यु तिनीहरूको गोठाला हुने छ

लेखकले मृत्युलाई मरिरहेको मानिस जस्तो बनाएर त्यसलाई गोठालो झैँ बताउँछन् जसले तिनीहरूलाई चिहानतिर डोर्‍याउँछ । अर्को अनुवादः "गोठालोले भेडालाई मार्नको लागि डोर्‍याएझैँ मृत्युले तिनीहरूलाई लग्‍नेछ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/figs-metaphor]])

बिहान

"बिहान" शब्द एउटा रूपक हो जसले परमेश्‍वरले धर्मी मानिसहरूलाई निर्दोष ठहराउनुहुँदा र तिनीहरूलाई खराब मानिसहरूबाट बचाउनु हुँदाको समयलाई जनाउँछ। (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूका शरीरहरू चिहानमा नष्ट गरिने छन्

अर्को अनुवादः "तिनीहरूका शरीरहरू चिहानमा सड्नेछ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/figs-metaphor]])

परमेश्‍वरले मेरो जीवनलाई चिहानको शक्‍तिबाट उद्धार गर्नुहुने छ

लेखकले चिहानको बारे यसरी बताउँछन् कि मानौँ त्यो एउटा व्यक्ति थियो जो सँग मर्नेहरूमाथि शक्ति थियो । यस सन्दर्भबाट, यसले संकेत गर्छ कि यो शक्तिले मृतक शरीरलाई सडाउने कुरालाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

परमेश्‍वरले मेरो जीवनलाई ... उद्धार गर्नुहुने छ

यहाँ "जीवन" शब्दले सिङ्गो व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "परमेश्‍वरले मलाई ... उद्धार गर्नुहुने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद