# सामान्य जानकारी: आफ्ना सम्पतिहरूले आफूलाई बचाउने छन् भनी विश्‍वास गर्ने मानिसहरू बारे लेखकले निरन्तर वर्णन गर्छन् । # भेडालाई झैँ लेखकले मर्ने सबै मानिसहरूलाई भेडाको बगालसँग तुलना गर्छन् । कसाईले भेडालाई मा गर्ने निर्णय गर्दा त्यो भाग्‍न नसके जस्तै मानिसहरू तिनीहरूको मर्ने समय आउँदा तिनीहरू भाग्‍न सक्दैनन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]]) # तिनीहरूलाई ... नियुक्‍ति गरिन्छ यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमेश्‍वरले तिनीहरूलाई ... नियुक्त गर्नुभएको छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # मृत्यु तिनीहरूको गोठाला हुने छ लेखकले मृत्युलाई मरिरहेको मानिस जस्तो बनाएर त्यसलाई गोठालो झैँ बताउँछन् जसले तिनीहरूलाई चिहानतिर डोर्‍याउँछ । अर्को अनुवादः "गोठालोले भेडालाई मार्नको लागि डोर्‍याएझैँ मृत्युले तिनीहरूलाई लग्‍नेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]] र [[rc://*/ta/man/translate/figs-metaphor]]) # बिहान "बिहान" शब्द एउटा रूपक हो जसले परमेश्‍वरले धर्मी मानिसहरूलाई निर्दोष ठहराउनुहुँदा र तिनीहरूलाई खराब मानिसहरूबाट बचाउनु हुँदाको समयलाई जनाउँछ। (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # तिनीहरूका शरीरहरू चिहानमा नष्ट गरिने छन् अर्को अनुवादः "तिनीहरूका शरीरहरू चिहानमा सड्नेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]] र [[rc://*/ta/man/translate/figs-metaphor]]) # परमेश्‍वरले मेरो जीवनलाई चिहानको शक्‍तिबाट उद्धार गर्नुहुने छ लेखकले चिहानको बारे यसरी बताउँछन् कि मानौँ त्यो एउटा व्यक्ति थियो जो सँग मर्नेहरूमाथि शक्ति थियो । यस सन्दर्भबाट, यसले संकेत गर्छ कि यो शक्तिले मृतक शरीरलाई सडाउने कुरालाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]]) # परमेश्‍वरले मेरो जीवनलाई ... उद्धार गर्नुहुने छ यहाँ "जीवन" शब्दले सिङ्गो व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "परमेश्‍वरले मलाई ... उद्धार गर्नुहुने छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/appoint]] * [[rc://*/tw/dict/bible/other/flock]] * [[rc://*/tw/dict/bible/kt/hades]] * [[rc://*/tw/dict/bible/other/shepherd]] * [[rc://*/tw/dict/bible/kt/upright]] * [[rc://*/tw/dict/bible/kt/power]] * [[rc://*/tw/dict/bible/other/consume]] * [[rc://*/tw/dict/bible/kt/redeem]] * [[rc://*/tw/dict/bible/other/receive]]