ne_tn/psa/044/025.md

1.7 KiB

किनभने हामी धूलोमा बलिसकेका छौँ, हाम्रो शरीर भूइँमा टाँसिन्छ

यी समानान्तर वाक्यांशले समान अर्थ दिन्छन् । लेखकले आफ्ना मानिसहरूलाई हार र अपमानको कारण जमिनमा पस्रिएझैँ वर्णन गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

हाम्रो शरीर भूइँमा टाँसिन्छ

लेखकले तिनीहरूको अपमानको बारेमा यसरी बताउँछन् कि मानौँ तिनीहरूको शरीर जमिनमा टाँसिएको थियो र आफैलाई खडा गर्न सकेका थिएनन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उठ्नुहोस्

यो खडा हुनलाई दिइएको आज्ञा हो । यो वाक्यांसले केही कुरामा कदम चाल्‍न सुरु गर्नुलाई जनाउँछ । अर्को अनुवादः "कदम चाल्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद