ne_tn/psa/044/023.md

4.3 KiB

हे परमप्रभु, किन सुत्‍नुहुन्छ?

यसको अर्थ परमप्रभु वास्तवमै सुत्‍नु भएको हो भन्‍ने होइन । लेखकले परमेश्‍वर निष्क्रिय देखिनुभएको बारे यसरी बताउँछन् कि मानौँ परमेश्‍वर सुत्दै हुनुहुनुहुन्छ। तिनीहरूको संकष्ट बारे चासो नदेखाउनु भएको जस्तो देखिएको हुनाले परमेश्‍वरलाई हप्काउन तिनले यो प्रश्‍न सोध्छन् । अर्को अनुवादः"हे परमप्रभु, उठ्नुहोस्! मलाई लाग्छ कि तपाईं सुत्दै हुनुहुन्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-metaphor]])

हामीलाई ... नफ्याँक्‍नुहोस्

लेखक इस्राएललाई परमेश्‍वरले त्याग्‍नु भएको बारे यसरी बताउँछन् कि मानौँ उहाँले कपडाको अनावश्यक टुक्रा फ्याक्दै हुनुहुन्थ्यो । Psalms 44:9 मा तपाईंले समान वाक्यांसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "हामीलाई ... नत्याग्‍नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंले आफ्नो मुहार लुकाएर किन ... हाम्रो उत्पीडनलाई बिर्सनुहुन्छ?

परमेश्‍वरले तिनीहरूलाई इन्कार गरिरहनु भएको जस्तो देखिएकोले लेखकले गुनासो गर्न यो प्रश्‍न सोध्छन् । अर्को अनुवादः "तपाईंले आफ्नो मुहार नलुकाएर ... हाम्रो उत्पीडनलाई नबिर्सिनुहोस् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

आफ्नो मुहार लुकाएर

लेखक परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नु भएको कुरा बारे यसरी बताउँछन् कि मानौँ परमेश्‍वरले आफ्नो मुहार लुकाउँदै हुनुहुन्थ्यो ताकि उहाँले तिनीहरूलाई देख्‍न नपरोस्। अर्को अनुवादः "हामीलाई इन्कार गरेर (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

हाम्रो कष्ट र हाम्रो उत्पीडनलाई बिर्सनुहुन्छ

"कष्ट" र "उत्पीडन" शब्दहरूको अर्थ मूलतः एउटै हो र तिनीहरूको कष्टको कठोरतालाई जोड दिन्छन् । अर्को अनुवादः "मानिसहरूले हामीलाई कष्ट दिई उत्पीडन गरे भनी बिर्सनुहुन्छ" वा "मानिसहरूले हामीलाई घोर कष्ट दिए भनी बिर्सनुहुन्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-abstractnouns]] र [[rc:///ta/man/translate/figs-doublet]])

शब्द अनुवाद