ne_tn/rev/08/08.md

1.7 KiB

दोस्रो स्‍वर्गदूत

“अर्का स्वर्गदूत” वा “स्वर्गदूत सङ्ख्या दुई” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

आगोले बलिरहेको ठूलो पहाडजस्तो केही कुरा फ्याँकियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “स्वर्गदूतले आगोले बलिरहेको ठूलो पहाडजस्तो केही कुरालाई फ्याँके” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

एक तिहाइ समुद्र रगतमा परिणत भयो

“एक तिहाइ”को अंशलाई अनुवादमा व्याख्या गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “समुद्र चाहिँ तीन भागहरूमा बाँडिएको जस्तो थियो, ती भागहरूमध्येमा एउटा चाहिँ रगतमा परिणत भयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-fraction)

रगतमा परिणत भयो

सम्भावित अर्थहरू हुन् १) “रगत झैँ रातो बन्यो” वा २) साँच्‍चै रगत बन्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)