ne_tn/rom/09/25.md

2.2 KiB

जोड्ने कथनः

यस खण्‍डमा एक जातिको रूपमा इस्राएलको अविश्‍वासको विषयमा होशे अगमवक्ताद्वारा कसरी अगाडिबाट नै भनिएको थियो भनेर पावलले व्याख्या गर्छन् ।

जसरी उहाँले होशेको पुस्तकमा पनि भन्‍नुहुन्छ

यहाँ “उहाँ”ले परमेश्‍वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसरी परमेश्‍वरले होशेले लेखेका पुस्तकमा पनि भन्‍नुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

होशे

होशे एक अगमवक्ता थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

म तिनीहरूलाई मेरा मानिसहरू भन्‍नेछु जो मेरा मानिसहरू थिएनन्

“म तिनीहरूलाई मेरा मानिसहरू हुनलाई चुन्‍नेछु जो मेरा मानिसहरू थिएनन्”

त्यसलाई प्रिय भन्‍नेछु जो प्रिय थिइन

यहाँ “त्यसलाई” शब्दले होशेकी पत्‍नी, गोमेरलाई जनाउँछ, जसले इस्राएलको जातिलाई प्रतिनिधित्व गर्छिन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “म त्यसलाई मैले प्रेम गरेको व्यक्ति हुनलाई चुन्‍नेछु जसलाई म प्रेम गर्दैनथेँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)