ne_tn/rom/07/23.md

1.3 KiB

तर म मेरो शरीरका अङ्गहरूमा फरक सिद्धान्त देख्‍दछु । यसले मेरो दिमागमा भएको त्यस नयाँ सिद्धान्तको विरुद्धमा लड्छ । यसले मलाई कैदी बनाउँछ

“म केवल मेरो पुरानो स्वभावले मलाई जे भन्छ सो मात्र गर्न म सक्षम छु, तर आत्माले देखाउने नयाँ तरिकामा जिउन म सक्षम छैन”

नयाँ सिद्धान्त

यो एउटा आत्मिक रूपमा जीवित रहेको नयाँ स्वभाव हो ।

मेरो शरीरका अङ्गहरूमा फरक सिद्धान्त

यो पुरानो स्वभाव हो, मानिसहरू जन्मँदा जुन चालचलन लिएर जन्मन्छन् ।

पापको सिद्धान्त जुन मेरो शरीरका अङ्गहरूमा हुन्छ

“मेरो पापी स्वभाव”