ne_tn/rev/03/03.md

1.7 KiB

जे तिमीले प्राप्‍त गरेका छौ र सुनेका छौ

यसले परमेश्‍वरको वचनलाई जनाउँछ, जुन तिनीहरूले विश्‍वास गरे । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको वचन जुन तिमीहरूले सुन्यौ र सत्यता जुन तिमीहरूले विश्‍वास गर्‍यौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

यदि तिमी जागेनौ भने

खतराप्रति सचेत हुने कुरालाई जागा रहने कुरा भए झैँ गरी बताइएको छ । तपाईंले “जाग” भन्‍ने कुरालाई प्रकाश ३:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “यदि तिमी सचेत छैनौ भने” वा “यदि तिमी होशियार छैनौ भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

म चोर झैँ आउनेछु

येशू त्यो समयमा आउनुहुनेछ जब मानिसहरूले उहाँलाई अपेक्षा गर्दैनन्, ठीक जसरी चोर त्यो समयमा आउँछ जब अपेक्षा गरिएको हुँदैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)