ne_tn/psa/113/007.md

2.2 KiB

उहाँले गरीबलाई फोहोरबाट उठाउनुहुन्‍छ र दरिद्रलाई खरानीको थुप्रोबाट उचाल्‍नुहुन्‍छ

यी दुई वाक्यांशहरू समान छन् । परमप्रभुले गरीब मानिसहरूलाई सहायता गर्नु र आदर गर्नु बारे लेखक यसरी बताउँछन् कि मानौँ परमप्रभुले तिनीहरूलाई फोहोर र खरानीमा बसिरहेको अवस्थाबाट उठने तुल्याउनु भयो ।

फोहोरबाट ... खरानीको थुप्रोबाट

फोहोर र खरानीमा बस्‍नुले या त गरीबीलाई या दुःखलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

ताकि उहाँले त्यसलाई शासकहरूसित, त्यसका मानिसहरूका शासकहरूसित बसाल्‍नुहुन्छ

पहिलो वाक्यांशले परमप्रभुका मानिसहरूको राजकुमारहरूलाई जनाउँछ भन्‍ने कुरा यहाँ दोश्रो वाक्यांशले प्रष्ट पारिदिन्छ । यी दुई सामान्य वाक्यहरूलाई एउटै बनाइ लेख्‍न सकिन्छ । अर्को अनुवादः "ताकि परमप्रभुले त्यसलाई त्यसका मानिसहरूका राजकुमारहरूको साथमा बसाल्‍नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद