ne_tn/psa/096/011.md

4.9 KiB

आकाश खुसी होस् र पृथ्वी आनन्‍दित होस्

सम्भावित अर्थहरू हुन्ः १) भजन लेख्‍ने मानिसले "आकाश" र "पृथ्वी"को मानिसहरूका जस्तै भावनाहरू भएझैँ बताउँछन् । "आकाश खुसी भएझैँ र , पृथ्वी रमाएझैँ होस्" वा २) स्वर्गमा बस्‍नेहरू खुसी होस्, र पृथ्वीमा बस्‍नेहरू रमाओस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/figs-metonymy]])

समुद्र गर्जिओस् र त्‍यसलाई भर्नेचाहिं आनन्दले कराओस्

"परमप्रभुलाई धेरै मानिसहरूले प्रशंसा गरिरहे जसरी नै समुद्रले आवाज निकालोस्, र समुद्रमा बस्‍नेहरूले आनन्दले कराइरहे झैँ होस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/figs-personification]])

मैदानहरू र त्यसमा भएका सबै थोक आनन्‍दित होऊन्

भजन लेख्‍ने मानिसले "मैदानहरू" र त्यसमा बसोवास गर्ने पशुहरूको मानिसहरूका जस्तै भावनाहरू भएझैँ बताउँछन् । अर्को अनुवादः "मैदानहरू आफै र त्यसमा बसोवास गर्ने सबै पशुहरू आनन्‍द मनाइरहेझैँ होस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

वनमा भएका सबै रूखहरूले ... कराऊन्

"वनमा भएका सबै रूखहरूले ... कराउनेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसार ... मानिसहरूलाई ... न्याय गर्नुहुनेछ

यी वाक्यांशले उस्ता-उस्तै अर्थहरू दिन्छन् । पछिका वाक्यांशहरू अगाडिको वाक्यांशलाई जोड दिन प्रयोग गरिएका छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

न्याय गर्न ... न्याय गर्नुहुनेछ

अर्को सम्भावित अर्थ यो हुन सक्छः "राज्य गर्न ... राज्य गर्नुहुनेछ ।"

उहाँले संसारको धार्मिकतामा ... न्याय गर्नुहुनेछ

यहाँ "संसार" संसारका सारा मानिसहरूको लागि एउटा लक्षणा हो । अर्को अनुवादः "उहाँले संसारका सारा मानिसहरूलाई धार्मिकतामा ... न्याय गर्नुहुनेछ ।" भजनसंग्रह ९:८मा यसलाई कसरी अनुवाद गरिएको छ सो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मानिसहरूको विश्‍वस्‍ततामा न्याय गर्नुहुनेछ

"उहाँले मानिसहरूलाई उहाँको विश्‍वस्‍ततामा न्याय गर्नुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

विश्‍वस्‍ततामा

सम्भावित अर्थहरू हुन्ः १) "उहाँलाई सत्य के हो भनेर थाहा भए अनुसार निष्पक्ष रूपमा" वा २) "सारा मानिसहरूको निम्ति एकै समान ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद