ne_tn/psa/058/001.md

3.8 KiB

सामान्‍य जानकारीः

हिब्रू कवितामा समान्‍तरता हुनु सामान्‍य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

सामान्‍य जानकारीः

यो भजन दुष्‍ट मानिसहरूको बारेमा गीत हो ।

ए शासकहरू हो, के तिमीहरू धर्मिकतामा बोल्छौ?

लेखक शासकहरूलाई हप्काउन यो प्रश्‍न सोध्‍छन् किनभने तिनीहरू न्‍यायपूर्वक बोल्दैनन् । अर्को अनुवादः "हे शासकहरू, तिमीहरू जे सही छ, त्‍यो बोल्दैनौ !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तिमीहरू ... तिमीहरू

"तिमीहरू" र "तिमीहरू" शब्दहरूले शक्तिशाली न्‍यायकर्ताहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

के तिमीहरू ठिक किसिमले न्याय गर्छौ?

लेखक न्यायोचित रूपले न्याय नगर्ने न्यायकर्ताहरूलाई हप्काउन यो प्रश्‍न सोध्छन् । अर्को अनुवादः "तिमी मानिसहरूले कहिल्यै न्‍यायोचित रूपमा मानिसहरूलाई न्‍याय गरेनौ !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

गर्दैनौ

लेखक आफैले भर्खर सोधेका दुई प्रश्‍नहरूका जवाफ दिन्छन् ।

तिमीहरू आफ्नो हृदयमा दुष्‍टता गर्छौ

हृदयले मानिसहरूको सोच र योजनाहरू जनाउँछ । अर्को अनुवादः "तिमीहरू आफ्नो सोचमा दुष्टता गर्छौ ।" वा "तिमी दुष्‍ट कार्यहरू गर्ने बारेमा सोच्छौ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरू आफ्नै हातले देशभरि हिंसा फैलाउँछौ

मुलुकभरि विभिन्‍न ठाउँहरूमा हिंसा गर्नुलाई मुलुकभरि हिंसा बाँड्‍ने वा फैलाउनेजस्‍तै गरी यसरी बताइएको छ कि मानौँ हिंसा केही वस्‍तु वा कुराहरू थिए । अर्को अनुवादः "तिमीहरू आफै मुलुकभरि चारैतिर हिंसात्‍मक कार्यहरू गर्छौ ।"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद