ne_tn/num/13/32.md

2.4 KiB

तिनीहरूले ... खबर फिँजाए । तिनीहरूले भने

यहाँ " तिनीहरू" ले कालेब र यहोशू बाहेक भूमि जाँचबुझ गर्न गएका सबै मानिसहरूलाई जनाउँछ ।

तिनीहरूले जाँचबुझ गरेका मुलुक

यहाँ "तिनीहरू"ले कालेब र यहोशूसहित भूमि जाँचबुझ गर्न गएका सबै मानिसहरूलाई जनाउँछ ।

मुलकले त आफ्नै बासिन्दाहरूलाई निल्दोरहेछ

मानिसहरूले भूमि वा त्‍यसका बासिन्‍दाहरू धेरै भयानक भएको बारेमा यसरी बताउँछन् कि मानौं भूमिले बासिन्‍दाहरूलाई निले । अर्को अनुवाद: "धेरै भयानक भूमि" वा "भूमि जसका बासिन्दाहरूले हामीलाई मार्नेछन् ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

अनाक

यो मानिसको नाम हो । ( हेर्नुहोस्:: rc://*/ta/man/translate/translate-names)

तिनीहरूसँग तुलना गर्दा हामी हाम्रो नजरमा फट्याङ्ग्राजस्ता थियौँ

मानिसहरूले आफैलाई भूमिका बासिन्दाहरूको तुलनामा धेरै सानो ठानेको देखाउन तिनीहरूले फट्याङ्ग्राको बारेमा बताउँछन् । अर्को अनुवाद: "तिनीहरूको तुलनामा हामी फट्‍याङ्ग्राजस्‍तै साना छौँ ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद