ne_tn/luk/06/06.md

1.6 KiB

सामान्य जानकारीः

यो अब अर्को विश्रामको दिन हो र येशू सभाघरमा हुनुहुन्छ ।

जोड्ने कथनः

शास्‍त्रीहरू र फरिसीहरूले येशूलाई हेर्छन् जसै उहाँले एउटा मानिसलाई विश्रामको दिनमा निको पार्नुहुन्छ ।

अभ यसो भयो कि

कथाको नयाँ खण्डको आरम्भलाई देखाउन यो वाक्यांशलाई प्रयोग गरिएको हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

त्यहाँ एक जना मानिस थियो

यसले कथामा एउटा नयाँ पात्रलाई परिचय गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

उसको दाहिने हात सुकेको थियो

त्यो मानिसको हात यस्तो प्रकारले बिग्रिएको थियो कि उसले त्यसलाई पसार्न सक्दैनथ्यो । यो सम्भवतः एउटा मुट्ठी जस्तो बनेर बाङ्गिएको थियो, जसले त्यसलाई सानो वा चाउरी परेको जस्तो देखिने बनायो ।