ne_tn/lev/16/15.md

2.8 KiB

सामान्य जानकारी:

हारूनले प्रायश्‍चित्तको दिनमा के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताइ रहनुहुन्छ ।

त्यसले त्यो रगत प्रायश्‍चित्त-आसनमाथि र त्यसपछि प्रायश्‍चित्त-आसनको सामु छर्कोस्

हारूनले साँढेको रगतसँग गरेजस्तै त्यो रगतलाई छर्के । तपाईंले अघिल्लो निर्देशनहरू लेवीहरू १६:१४मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

इस्राएलका मानिसहरूका अशुद्ध कामहरू... कारण पवित्रस्थानको निम्ति त्यसले प्रायश्‍चित्त गरोस्

इस्राएलका मानिसहरूका पापले ... पवित्रस्थानलाई अशुद्ध बनायो ।

अशुद्ध कामहरू... विद्रोह ... पाप

यी शब्दहरूले मूलतः एउटै अर्थ दिन्छ । मानिसहरूले सबै किसिमका पापहरू गरेका थिए भनी त्यसले जोड दिन्छ ।

अशुद्ध कामहरू

परमप्रभुप्रति मानिसहरूलाई अस्वीकार्य तुल्याउने पापमय कार्यहरूको बारे यसरी बताइएको छ कि मानौँ ती शारीरिक रूपमा अशुद्ध कार्यहरू थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूका अशुद्ध कामहरूका बिचमा

"तिनीहरूका अशुद्ध कामहरू" वाक्यांसले पापमय कामहरू गर्ने मानिसहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "अशुद्ध कामहरू गरेका मानिसहरूका बिचमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद