ne_tn/jhn/11/54.md

2.0 KiB

सामान्य जानकारीः

येशू बेथानियाबाट एफ्राइमतिर जानुहुन्छ । पद ५५ ले निस्तार-चाड नजिक आउँदा धेरै यहूदी मानिसहरूले के गरिरहेका छन् भनी बताउँछ ।

यहूदीहरू माझ खुल्लमखुल्ला हिँड्‍डुल गर्नु

यहाँ “यहूदी” शब्द यहूदी अगुवाहरूको निम्ति रूपक हो र “खुल्ला रूपले हिँड्नु” भनेको “सबैले उहाँलाई देख्‍न सक्‍ने ठाउँमा बस्‍नु”को लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “सबै यहूदीहरूले उहाँलाई देख्‍नसक्‍ने ठाउँमा बस्‍नु” वा “उहाँको विरोध गर्ने यहूदी अगुवाहरूबिच खुल्लमखुल्ला हिँड्‍डुल गर्नु” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-synecdoche]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

गाउँमा

मानिसहरू कम बस्‍ने सहर बाहिरको ग्रामीण क्षेत्र

त्यहाँ उहाँ चेलाहरूसँग बस्‍नुभयो

येशू र उहाँका चेलाहरू केही समय एफ्राइममा बसे । वैकल्पिक अनुवादः “त्यहाँ उहाँ केही समयको लागि उहाँका चेलाहरूसँग बस्‍नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)