ne_tn/jhn/11/54.md

16 lines
2.0 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# सामान्य जानकारीः
येशू बेथानियाबाट एफ्राइमतिर जानुहुन्छ । पद ५५ ले निस्तार-चाड नजिक आउँदा धेरै यहूदी मानिसहरूले के गरिरहेका छन् भनी बताउँछ ।
# यहूदीहरू माझ खुल्लमखुल्ला हिँड्‍डुल गर्नु
यहाँ “यहूदी” शब्द यहूदी अगुवाहरूको निम्ति रूपक हो र “खुल्ला रूपले हिँड्नु” भनेको “सबैले उहाँलाई देख्‍न सक्‍ने ठाउँमा बस्‍नु”को लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “सबै यहूदीहरूले उहाँलाई देख्‍नसक्‍ने ठाउँमा बस्‍नु” वा “उहाँको विरोध गर्ने यहूदी अगुवाहरूबिच खुल्लमखुल्ला हिँड्‍डुल गर्नु” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]] अनि [[rc://*/ta/man/translate/figs-metaphor]])
# गाउँमा
मानिसहरू कम बस्‍ने सहर बाहिरको ग्रामीण क्षेत्र
# त्यहाँ उहाँ चेलाहरूसँग बस्‍नुभयो
येशू र उहाँका चेलाहरू केही समय एफ्राइममा बसे । वैकल्पिक अनुवादः “त्यहाँ उहाँ केही समयको लागि उहाँका चेलाहरूसँग बस्‍नुभयो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])