ne_tn/jhn/08/12.md

2.8 KiB

सामान्य जानकारीः

येशू मन्दिरको खजानाको नजिक भएका मानिसहरूको भीडसँग बोलिरहनुभएको छ र कि त यूहन्‍ना ७:१-५२ का घटनाहरू वा यूहन्‍ना ७:५३-८:११ का घटनाहरू पछाडि बोलिरहनुभएको छ । लेखकले नता यस घटनाको पृष्‍ठभूमि दिन्छन् नता कुनै नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्छन् । हेर्नुहोस्ः [[rc:///ta/man/translate/writing-background]] अनि [[rc:///ta/man/translate/writing-newevent]])

म संसारको ज्योति हुँ

यहाँ “ज्योति” परमेश्‍वरबाट आउने प्रकाशको निम्ति अलङ्कार हो । वैकल्पिक अनुवादः “संसारलाई ज्योति दिने म नै हुँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

संसार

यो मानिसहरूका निम्ति प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “संसारका मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मलाई पछ्याउने

यो टुक्‍का हो जसको अर्थ “मैले सिकाएअनुसार गर्ने सबै” वा “मेरो आज्ञा पालन गर्ने सबै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

अन्धकारमा हिँड्‌डुल गर्नेछैन

“अन्धकारमा हिँड्‍डुल गर्नु” भनेको पापपूर्ण जिवन जिउनको निम्ति प्रयोग गरिने अलङ्कार हो । वैकल्पिक अनुवादः “त्यो पापको अन्धकारमा भए जस्तो गरी जिउँदैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जीवनको ज्योति

“जीवनको ज्योति” परमेश्‍वरबाट आउने आत्मिक जीवन दिने सत्यता हो । वैकल्पिक अनुवादः “अनन्त जीवन ल्याउने सत्यता” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)