ne_tn/jhn/08/12.md

24 lines
2.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# सामान्य जानकारीः
येशू मन्दिरको खजानाको नजिक भएका मानिसहरूको भीडसँग बोलिरहनुभएको छ र कि त [यूहन्‍ना ७:१-५२](../07/01.md) का घटनाहरू वा [यूहन्‍ना ७:५३-८:११](../07/53.md) का घटनाहरू पछाडि बोलिरहनुभएको छ । लेखकले नता यस घटनाको पृष्‍ठभूमि दिन्छन् नता कुनै नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्छन् । हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-background]] अनि [[rc://*/ta/man/translate/writing-newevent]])
# म संसारको ज्योति हुँ
यहाँ “ज्योति” परमेश्‍वरबाट आउने प्रकाशको निम्ति अलङ्कार हो । वैकल्पिक अनुवादः “संसारलाई ज्योति दिने म नै हुँ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# संसार
यो मानिसहरूका निम्ति प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “संसारका मानिसहरू” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# मलाई पछ्याउने
यो टुक्‍का हो जसको अर्थ “मैले सिकाएअनुसार गर्ने सबै” वा “मेरो आज्ञा पालन गर्ने सबै” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])
# अन्धकारमा हिँड्‌डुल गर्नेछैन
“अन्धकारमा हिँड्‍डुल गर्नु” भनेको पापपूर्ण जिवन जिउनको निम्ति प्रयोग गरिने अलङ्कार हो । वैकल्पिक अनुवादः “त्यो पापको अन्धकारमा भए जस्तो गरी जिउँदैन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# जीवनको ज्योति
“जीवनको ज्योति” परमेश्‍वरबाट आउने आत्मिक जीवन दिने सत्यता हो । वैकल्पिक अनुवादः “अनन्त जीवन ल्याउने सत्यता” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])