ne_tn/jhn/07/intro.md

5.4 KiB

यूहन्‍ना ०७ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यो सम्‍पूर्ण अध्यायले येशूलाई मसिहको रूपमा विश्‍वास गर्ने कुराको अवधारणासँग मतलब राख्‍छ । केही मानिसहरूले यसलाई सत्य हो भनी विश्‍वास गरे भने केही मानिसहरूले यसलाई इन्कार गरे । केही मानिसहरू उहाँको शक्तिको पहिचान गर्न र उहाँ एक अगमवक्ता हुन सक्‍नुहुन्थ्यो भन्‍ने सम्भावनालाई पनि लिन इच्छुक थिए, तर अधिकांश मानिसहरू उहाँ मसिह हुनुहुन्थ्यो भन्‍ने कुरा विश्‍वास गर्न अनिच्‍छुक थिए ।

७:५३-८:११ सम्‍मका पदहरूलाई अनुवाद गर्न अनुवादकहरूले किन चुने वा चुनेनन् भनेर पाठकलाई व्याख्या गर्नको लागि तिनीहरूले पद ५३ मा एउटा टिप्‍पणी राख्‍न सक्‍छन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“मेरो समय अझै आइसेको छैन”

“उहाँको घडी अझै आइसकेको थिएन” भन्‍ने वाक्यांशलाई येशूले उहाँको जीवनमा घटिरहेका घटनाहरूलाई नियन्‍त्रण गर्नुहुन्छ भन्‍ने कुरालाई सङ्केत गर्नको लागि यस अध्यायमा प्रयोग गरिएको छ ।

“जीवित पानी”

यो नयाँ करारमा प्रयोग भएको एउटा महत्त्वपूर्ण चित्रण हो । यो एउटा अलङ्कार हो । किनकि यो अलङ्कार एउटा उजाडस्थान जस्तो सेरोफेरो भएको ठाउँमा दिइएको छ, यसले सम्भवतः यो सङ्केत गर्छ कि येशूले जीवनलाई थाम्‍ने पोषण दिन सक्षम हुनुहुन्छ ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

अगमवाणी

यूहन्‍ना ७:३३-३४ मा एउटा प्रस्‍ट भनाइ बिना येशूले उहाँको जीवनको बारेमा अगमवाणी दिनुहुन्छ ।

व्यङ्ग्य

निकोदेमसले अरू फरिसीहरूलाई व्याख्या गर्छन् कि कसैको बारेमा फैसला गर्नभन्दा अगाडि उनले त्यस व्यक्तिको कुरा उसबाट प्रत्यक्ष रूपमा सुन्‍नुपर्छ भनेर व्यवस्थाले अह्राएको छ । फरिसीहरूको पालो येशूसँग कुरा नै नगरीकन येशूको बारेमा एउटा फैसला निकाले ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“उहाँमा विश्‍वास गरेनन्”

येशूका भाइहरूले येशू मसिह हुनुहुन्थ्यो भनेर विश्‍वास गरेनन् ।

“यहूदीहरू”

यस पाठ्यांशमा यो शब्दलाई दुई फरक तरिकाहरूमा प्रयोग गरिएको छ । यसलाई खासगरी उहाँलाई मार्न कोसिस गरिरहेका यहूदी अगुवाहरूको विरोधलाई जनाउन प्रयोग गरिएको छ (यूहन्‍ना ७:१) । यसलाई सामान्य रूपमा यहूदियामा भएका मानिसहरूलाई जनाउन पनि प्रयोग गरिएको छ जसको येशूको बारेमा सकारात्मक राय थियो (यूहन्‍ना ७:१३) । अनुवादकले “यहूदी अगुवाहरू” र “यहूदी मानिसहरू” वा “यहूदी(अगुवाहरू)” र “यहूदी(सामान्यमा)” जस्ता शब्दहरूको प्रयोग गर्नलाई रोज्‍न सक्‍छन् ।