ne_tn/jhn/07/intro.md

38 lines
5.4 KiB
Markdown

# यूहन्‍ना ०७ सामान्य टिपोटहरू
## संरचना र ढाँचा
यो सम्‍पूर्ण अध्यायले येशूलाई मसिहको रूपमा विश्‍वास गर्ने कुराको अवधारणासँग मतलब राख्‍छ । केही मानिसहरूले यसलाई सत्य हो भनी विश्‍वास गरे भने केही मानिसहरूले यसलाई इन्कार गरे । केही मानिसहरू उहाँको शक्तिको पहिचान गर्न र उहाँ एक अगमवक्ता हुन सक्‍नुहुन्थ्यो भन्‍ने सम्भावनालाई पनि लिन इच्छुक थिए, तर अधिकांश मानिसहरू उहाँ मसिह हुनुहुन्थ्यो भन्‍ने कुरा विश्‍वास गर्न अनिच्‍छुक थिए ।
७:५३-८:११ सम्‍मका पदहरूलाई अनुवाद गर्न अनुवादकहरूले किन चुने वा चुनेनन् भनेर पाठकलाई व्याख्या गर्नको लागि तिनीहरूले पद ५३ मा एउटा टिप्‍पणी राख्‍न सक्‍छन् ।
## यस अध्यायमा भएका विशेष अवधारणाहरू
### “मेरो समय अझै आइसेको छैन”
“उहाँको घडी अझै आइसकेको थिएन” भन्‍ने वाक्यांशलाई येशूले उहाँको जीवनमा घटिरहेका घटनाहरूलाई नियन्‍त्रण गर्नुहुन्छ भन्‍ने कुरालाई सङ्केत गर्नको लागि यस अध्यायमा प्रयोग गरिएको छ ।
### “जीवित पानी”
यो नयाँ करारमा प्रयोग भएको एउटा महत्त्वपूर्ण चित्रण हो । यो एउटा अलङ्कार हो । किनकि यो अलङ्कार एउटा उजाडस्थान जस्तो सेरोफेरो भएको ठाउँमा दिइएको छ, यसले सम्भवतः यो सङ्केत गर्छ कि येशूले जीवनलाई थाम्‍ने पोषण दिन सक्षम हुनुहुन्छ ।
## यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
### अगमवाणी
[यूहन्‍ना ७:३३-३४](./33.md) मा एउटा प्रस्‍ट भनाइ बिना येशूले उहाँको जीवनको बारेमा अगमवाणी दिनुहुन्छ ।
### व्यङ्ग्य
निकोदेमसले अरू फरिसीहरूलाई व्याख्या गर्छन् कि कसैको बारेमा फैसला गर्नभन्दा अगाडि उनले त्यस व्यक्तिको कुरा उसबाट प्रत्यक्ष रूपमा सुन्‍नुपर्छ भनेर व्यवस्थाले अह्राएको छ । फरिसीहरूको पालो येशूसँग कुरा नै नगरीकन येशूको बारेमा एउटा फैसला निकाले ।
## यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
### “उहाँमा विश्‍वास गरेनन्”
येशूका भाइहरूले येशू मसिह हुनुहुन्थ्यो भनेर विश्‍वास गरेनन् ।
### “यहूदीहरू”
यस पाठ्यांशमा यो शब्दलाई दुई फरक तरिकाहरूमा प्रयोग गरिएको छ । यसलाई खासगरी उहाँलाई मार्न कोसिस गरिरहेका यहूदी अगुवाहरूको विरोधलाई जनाउन प्रयोग गरिएको छ ([यूहन्‍ना ७:१](../../jhn/07/01.md)) । यसलाई सामान्य रूपमा यहूदियामा भएका मानिसहरूलाई जनाउन पनि प्रयोग गरिएको छ जसको येशूको बारेमा सकारात्मक राय थियो ([यूहन्‍ना ७:१३](../../jhn/07/13.md)) । अनुवादकले “यहूदी अगुवाहरू” र “यहूदी मानिसहरू” वा “यहूदी(अगुवाहरू)” र “यहूदी(सामान्यमा)” जस्ता शब्दहरूको प्रयोग गर्नलाई रोज्‍न सक्‍छन् ।