ne_tn/hos/10/10.md

3.1 KiB

सामान्‍य जानकारीः

परमप्रभु बोल्दै हुनुहुन्छ ।

दोब्‍बर अधर्म

यसले इस्राएलका धेरै पापहरूलाई जनाउँछ ।

एफ्राइम दाइँ गर्न मनपराउने दाइएको बाछोझैं हो

बाछी फसल दाइँ गर्न मन पराउँछ किनभने त्‍यो जुवाबिना स्‍वतन्‍त्र भएर हिँड्न सक्‍छ । यसको अर्थ परमप्रभुले इस्राएलका मानिसहरूलाई स्‍वतन्‍त्र हुन र आनन्‍दमय जीवन जिउन अनुमति दिनुभएको छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यसैले त्यसको सुन्दर काँधमा म एउटा जुवा हाल्‍नेछु । म एफ्राइमको काँधमा म एउटा जुवा राख्‍नेछु

यहाँ "जुवा"ले पीडा र दासत्‍वलाई जनाउँछ।परमप्रभु इस्राएलका मानिसहरूप्रति दयालु हुनुभएको छ तर मानिसहरू उहाँप्रति विश्‍वासघाती भएका छन् ।त्‍यसैले उहाँले तिनीहरूलाई दण्‍ड दिनुहुनेछ र तिनीहरूलाई दासको रुपमा पठाउनुहुनेछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यहूदाले हलो जोत्‍नेछ, र याकूब आफैँले लिंड्‍को लगाउनेछ

यहाँ "यहूदा"ले दक्षिणी राज्‍यका मानिसहरूलाई जनाउँछ र "याकूब" ले उत्तरी राज्‍यका मानिसहरूलाई जनाउँछ ।यसको अर्थ परमेश्‍वरले दुवै राज्‍यमा कठिन परिस्‍थिति ल्‍याउनुहुनेछ । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-metonymy]])

लिंड्‍

खेत मलिलो बनाएर वीउ रोप्‍न प्रयोग गरिने साधन

शब्द अनुवाद