ne_tn/gen/28/14.md

3.8 KiB

सामान्य जानकारीः

परमेश्‍वर याकूबसँग सपना बोलिराख्‍नु हुन्छ ।

तेरा सन्‍तान पृथ्‍वीको धुलोसरह हुनेछन्‌

परमेश्‍वरले याकूबका सन्तानको धेरै संख्‍यालाई जोड दिन तिनीहरूलाई पृथ्वीको धूलोसँग तुलना गर्नुहुन्छ । अर्को अनुवादः "तैँले गन्‍न सक्ने भन्दा बढी तेरा सन्तानहरू हुनेछन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

तँ पश्‍चिम ... फैलिएर जानेछस्‌

यहाँ "तँ" भन्‍ने शब्दले याकूबका सन्‍तानहरूलाई जनाउँछ । याकूब परिवारको अगुवा भएको हुनाले यसले याकूबको बारे मात्र भन्छ । अर्को अनुवादः "र तेरा सन्तानहरू पश्‍चिम ... फैलिएर जानेछन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तँ ... फैलिएर जानेछस्

यसको मतलब हो मानिसहरूले आफ्नो देशका सिमानाहरू बढाउने छन् र धेरै इलाकाहरू कब्जा गर्नेछन् ।

पश्‍चिम, पूर्व, उत्तर र दक्षिणतिर

"सबै दिसा" भन्‍ने अर्थ दिन यो वाक्यांश एकैचोटि प्रयोग गरिएको छ । अर्को अनुवादः "सबै दिशामा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

तँ र तेरा सन्‍तानहरूद्वारा नै पृथ्‍वीका सबै मानिसहरू आशिषित् हुनेछन्‌

यसलाई कर्तृवाच्यमा पनि भन्‍न सकिन्छ । अर्को अनुवादः म पृथ्वीमा भएका सबै मानिसहरूलाई तँ र तेरा सन्तानहरूबाट आशिष् दिनेछु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

हेर्

यसले अब के भनिएको छ भन्‍ने बारे जोड दिन्छ । अर्को अनुवादः "सुन्" अथवा "मैले तँलाई भन्‍न लागेको कुरामा ध्‍यान दे"

किनकी ... पुरा नगरुञ्‍जेल म तँलाई छोड्‌नेछैनँ

"किनकी ... मैले ती सबै कामहरू नगरूञ्‍जेल म तँलाई छोड्ने छैन"

म तेरो रक्षा गर्नेछु

"म तँलाई सुरक्षित राख्‍नेछु" वा "म तेरो रक्षा गर्नेछु"

म फेरि तँलाई यस ठाउँमा फर्काएर ल्‍याउनेछु

"म फेर तँलाई यस ठाउँमा फिर्ता ल्याउनेछु"

शब्द अनुवाद