# सामान्य जानकारीः परमेश्‍वर याकूबसँग सपना बोलिराख्‍नु हुन्छ । # तेरा सन्‍तान पृथ्‍वीको धुलोसरह हुनेछन्‌ परमेश्‍वरले याकूबका सन्तानको धेरै संख्‍यालाई जोड दिन तिनीहरूलाई पृथ्वीको धूलोसँग तुलना गर्नुहुन्छ । अर्को अनुवादः "तैँले गन्‍न सक्ने भन्दा बढी तेरा सन्तानहरू हुनेछन्" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]]) # तँ पश्‍चिम ... फैलिएर जानेछस्‌ यहाँ "तँ" भन्‍ने शब्दले याकूबका सन्‍तानहरूलाई जनाउँछ । याकूब परिवारको अगुवा भएको हुनाले यसले याकूबको बारे मात्र भन्छ । अर्को अनुवादः "र तेरा सन्तानहरू पश्‍चिम ... फैलिएर जानेछन्" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # तँ ... फैलिएर जानेछस् यसको मतलब हो मानिसहरूले आफ्नो देशका सिमानाहरू बढाउने छन् र धेरै इलाकाहरू कब्जा गर्नेछन् । # पश्‍चिम, पूर्व, उत्तर र दक्षिणतिर "सबै दिसा" भन्‍ने अर्थ दिन यो वाक्यांश एकैचोटि प्रयोग गरिएको छ । अर्को अनुवादः "सबै दिशामा" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]]) # तँ र तेरा सन्‍तानहरूद्वारा नै पृथ्‍वीका सबै मानिसहरू आशिषित् हुनेछन्‌ यसलाई कर्तृवाच्यमा पनि भन्‍न सकिन्छ । अर्को अनुवादः म पृथ्वीमा भएका सबै मानिसहरूलाई तँ र तेरा सन्तानहरूबाट आशिष् दिनेछु" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # हेर् यसले अब के भनिएको छ भन्‍ने बारे जोड दिन्छ । अर्को अनुवादः "सुन्" अथवा "मैले तँलाई भन्‍न लागेको कुरामा ध्‍यान दे" # किनकी ... पुरा नगरुञ्‍जेल म तँलाई छोड्‌नेछैनँ "किनकी ... मैले ती सबै कामहरू नगरूञ्‍जेल म तँलाई छोड्ने छैन" # म तेरो रक्षा गर्नेछु "म तँलाई सुरक्षित राख्‍नेछु" वा "म तेरो रक्षा गर्नेछु" # म फेरि तँलाई यस ठाउँमा फर्काएर ल्‍याउनेछु "म फेर तँलाई यस ठाउँमा फिर्ता ल्याउनेछु" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/descendant]] * [[rc://*/tw/dict/bible/kt/bless]] * [[rc://*/tw/dict/bible/kt/promise]]